शनिबार, वैशाख ८, २०८१

पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

मेरोन्यूज २०७९ चैत १९ गते ६:२१

काठमाडौँ । हाल मुलुकभर पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अननुसार अहिले मुलुकभर नै बदली रहेको छ ।

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका थोरै स्थानहरूमा मेघगर्जन र हावा हुरीसहित हल्का र क्षणिक वर्षाले हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया