शनिबार, वैशाख १५, २०८१

ट्विटरले आजदेखि ब्लू टिक हटाउने, ११ अमेरिकी डलर तिरेर मात्र लिन सकिने

मेरोन्यूज २०७९ चैत १८ गते ११:५९

ट्विटरले अप्रिल १ (आज)देखि पुरानो प्रक्रियामार्फत प्रमाणित भएर प्राप्त गरेको सबै व्यक्ति एवं संघ–संस्थाको अकाउन्टको ब्लू टिकमार्क हटाउने भएको छ ।

यससँगै अब एन्ड्रोइड फोनका प्रयोगकर्ताहरूले प्रतिमहिना आठ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । आईओएसका प्रयोगकर्ताले भने एप स्टोरको मूल्यका कारण ११ अमेरिकी डलर तिरेर मात्रै ब्लू टिकमार्क प्राप्त गर्नसक्ने छन् ।

मस्कले कम्पनी खरिद गर्नुअघि ट्विटरले कुनै व्यक्ति वा संस्थाको सक्रिय र आधिकारिक अकाउन्ट हो भनेर पुष्टि गर्ने किसिमले निशुल्क रुपमा ट्विटरको ब्लू टिकमार्क उपलब्ध गराउँदै आएको थियो ।
एजेन्सी

प्रतिक्रिया