बुधबार, वैशाख १२, २०८१

आईपीएलः चेन्नई गुजरातसँग ५ विकेटले पराजित

मेरोन्यूज २०७९ चैत १८ गते ७:२७

काठमाडौं । इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै साविक विजेता गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ । चेन्नईमाथि गुजरातको यो लगातार तेस्रो जित हो।

गत सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्नाईलाई पराजित गरेको थियो ।

शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नाईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रतिक्रिया