शनिबार, वैशाख ८, २०८१

एकैदिन १४२ जनामा कारोना संक्रमण पुष्टि

मेरोन्यूज २०७९ चैत १७ गते १७:४९

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पुष्टि भएकाे हो । आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा गरि १४२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १६३ जना पुगेको छ भने आजै ४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया