मंगलबार, वैशाख ११, २०८१

शाहरुखकी छोरी सुहाना अमिताभ बच्चनका नाती अगस्त्यलाई डेट गर्दै छिन् ?

मेरोन्यूज २०७९ चैत १७ गते १५:१८

काठमाठौं । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान पनि बेला बेला चर्चामा आइरहन्छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन् । यसैबीच उनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

वास्तवमा, फेसन डिजाइनर तानिया श्राफको बर्थडे पार्टीमा बलिउडका थुप्रै स्टार किड्स पुगेका थिए। सुहाना खान र अमिताभ बच्चनका नाती अगस्त्य नंदा पनि पार्टीमा आएका थिए ।

यसैबीच उनीहरुको पार्टीबाट बाहिरहेको भिडियो सार्वजनिक भएको हो । भिडियोमा अमिताभका नाति अगस्त्य नन्द शाहरुखकी छोरी सुहानालाई उनको कारमा छोड्न आउँछन् । यसै क्रममा अगस्त्यले सुहानाको लागि कारको ढोका पनि खोल्छन्, जब सुहाना कारमा बस्छिन्, उनले सुहानालाई फ्लाइङ किस गर्छन् ।

अहिले यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । फ्यानहरुले पनि विभिन्न प्रतिक्रिया दिन थालेका छन् । कयौं फ्यानले दुबैको अफेयर रहेको बताएका छन् । केहिले आजकल यो सबै सामान्य रहेको र डेट गरिरहेकै भन्न आवश्यक नरहेको बताएका छन् ।

अगस्त्य र सुहाना छिट्टै नै बलिउडमा डेब्यू गर्न लागेका छन्। उनीहरु फिल्म ‘द आर्चिज’मार्फत ठुलो पर्दामा आउन लागेका हुन् । फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ।

प्रतिक्रिया