शनिबार, वैशाख ८, २०८१

थ्री नेसन्स कपमा उपाधिका लागि नेपाल र लाओस भिड्दै

मेरोन्यूज २०७९ चैत १७ गते ८:१०

काठमाडौ । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा आयोजक नेपाल र लाओसबीच दशरथ रंगशालामा आज साँझ साँढे पाँच बजे सुरू हुँदैछ ।

वरियतामा लाओस नेपालभन्दा १२ स्थान तल छ । नेपाल फिफा वरियताको १७५औं स्थानमा रहँदा लाओस १८७औं स्थानमा छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालविरुद्ध राम्रो खेलेपनि गोल गर्न नसकेको लाओसले दोस्रो खेलमा भुटानलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो । लिग चरणको अन्तिम खेलमा नेपालले भुटानसँग संघर्षपूर्ण बराबरी खेल्दा लाओसले फाइनल यात्रा तय तरेको थियो ।

अनौपचारिक नै भएपनि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको लाओस आजको खेलमा नेपाललाई बलियो चुनौती पेस गर्ने लक्ष्यमा छ ।

चैत ८ देखि सुरू भएको प्रतियोगितामा नेपाल र लाओससँग भुटानको सहभागिता रहेको थियो । सिंगल राउन्ड रोबिनमा भएको प्रतियोगितामा जितविहीन रहँदै भुटान बाहिरिएको थियो ।

भने, नेपाल पहिलो खेलमा लाओसलाई २–० गोलको नतिजामा पराजित गर्दै र दोस्रोमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै ४ अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो । लाओस भुटानलाई २–१ गोलको नतिजामा पराजित गर्दै फाइनल पुगेको थियो ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । भने, उपविजेताले ३ हजार डलर पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।

प्रतिक्रिया