बुधबार, वैशाख १२, २०८१

१७ करोड रुपैयाँको कोकिनसहित भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०७९ चैत १६ गते १७:५७

काठमाडौँ । प्रहरीले झण्डै आठ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौँबाट दिल्ली जान लागेकी ४५ वर्षकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको छ । उनको साथबाट दुई किलो ८८७ ग्राम कोकिन बरामद गरेको छ ।

त्यस्तै, १४ चैतमा भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई पाँच किलो कोकिनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट बरामद कोकिनको मूल्य १७ करोड तीन लाख ५९ हजार २०० रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया