शनिबार, वैशाख १५, २०८१

पहाडी भू-भागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

मेरोन्यूज २०७९ चैत १६ गते ६:२१

काठमाडौँ । अहिले मुलुकभर स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मुलुकभर पहाडी भू–भागहरूमा आँशिक बदली लागेको छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र हावा–हुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया