शुक्रबार, वैशाख ७, २०८१

अनलाइनबाट करोडौं ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ

मेरोन्यूज २०७९ चैत १५ गते १७:३९

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरीले करोडौं अनलाइन ठगी गरेको अभियोगमा १९ जनालाई पक्राउ गरेको छ । मोबाइल एप्पलिकेशन ह्वाट्स एप र टेलिग्रामको प्रयोगबाट सर्वसाधानरणलाई ठगी गरेको अभियोगमा उनीहरुलाई उपत्यका प्रहरीले पक्राउ गरेको हो ।

ठगी गर्नेमा ९ चिनियाँ नागरिक र १० नेपाली नागरिक रहेका छन् । उनीहरुले अनलाइन बिजनेस गर्ने नाममा १० करोड बढी ठगी गर्ने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयले जनाएको छ ।

कार्यलयका अनुसार अनलाइन विजेन्सको बहानामा काठमाडौँका विभिन्न स्थानमा घर भाडामा लिएर ठगी गर्नेमा मुख्य रुपमा चिनियाँ नागरिक रहेको खुलेको छ ।

उनीहरुले अवैध रुपमा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जाल ह्वाट्सएपमा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइनमार्फत बिजनेसबाट ठूलो रकम फाइदा हुने भन्दै सर्वसाधारण नागरिकलाई ठगी गर्दै आएका थिए ।

प्रहरीमा परेको उजुरी अनुसार ठगीमा संलग्नहरुले टेलिग्राममा अप्रेसन टिचर नामक च्यानलमार्फत अनलाइन कक्षा संचालन गरी विभिन्न प्रलोभनमा देखाएर ठगी गर्दै आएका थिए ।

काठमाडौंका विभिन्न स्थानमा रहेर ठगीका लागि आवश्यक प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया