बिहीबार, वैशाख १३, २०८१

देशभर थप ३४ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७९ चैत १५ गते १६:५३

काठमाडौं । नेपालमा केहिदिनयता काराेना संक्रमितकाे संख्या ह्वातै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो ६ दिनको एकमुष्ट विवरण रहेकाे मन्त्रालयले जनाएकाे हो । आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १०३ जना पुगेको छ ।

प्रतिक्रिया