शुक्रबार, चैत १६, २०८०

घुस लिएको आरोपमा नापी कार्यालयका सर्वेक्षक र लेखापढी व्यवसायी पक्राउ

मेरोन्यूज २०७९ चैत १४ गते १८:२९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा नापी कार्यालय मनमैँजुबाट दुई जना पक्राउ गरेको छ ।

आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले लेखापढी व्यवसायी र सर्भेक्षकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुक्तिनाथ कानुनी सेवाका लेखापढी गर्ने अभिषेक कार्की र सर्भेक्षक रमेश उपरकोटी रहेका छन् ।

उनीहरूले कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस लिएको आरोपमा पक्राउ परेका अख्तियारले जनाएको छ । उनीहरूको साथबाट एक लाख ७५ हजार रुपैयाँ फेला परेको थियो ।

Advertisement

प्रतिक्रिया