शुक्रबार, वैशाख १४, २०८१

विवाह गर्दै अभिनेत्री परिणिती चोपडा र सांसद राघव चड्ढा

मेरोन्यूज २०७९ चैत १४ गते १८:००

काठमाडौं । भारतिय अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्ढाबीच प्रेम चर्चा चुलिदै गएको छ । हालै मुम्बईको एक रेस्टुरेन्टमा एकसाथ भेटिएपछि उनीहरूबीच प्रेम रहेका खबर व्यापकरूपमा बाहिरिन थालेका हुन् ।

डिनरका लागि निस्किएका उनीहरूकाे पहिरनपनि एकै किसिमकाे थियाे । उनीहरूकाे पारिवारिक स्राेतले पनि विवाहबारे सल्लाह भइरहेकाे बताएकाे छ । तर, उनीहरुले आफ्नो सम्बन्धलाई अहिलेसम्म आधिकारिक रुपमा स्वीकारेका छैनन् ।

यसैबीच आम आदमी पार्टीका सांसद सञ्जीव अरोराले दुवैको फोटो शेयर गरेर उनीहरुको सम्बन्धको पुष्टि गरेका छन् ।

मंगलबार सांसद सञ्जीवले राघव र परिणितीको तस्बिर ट्विटरमा सेयर गर्दै उनीहरुलाई बधाई तथा शुभकामना दिएका हुन्। साथै, उनीहरुको साथ, प्रेम र आनन्दले भरिएको आशा व्यक्त गरेका छन् ।

उनको याे पोस्ट सार्वजनिक भएदेखि नै सामाजिक सञ्जालमा बधाइ दिनेको आइरो लागको छ । कतिपयले विवाह कहिले भन्दै प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया