बिहीबार, वैशाख १३, २०८१

मिटरब्याज पीडितको समस्या समाधान गर्न मधेशी आयोगको आग्रह

मेरोन्यूज २०७९ चैत १४ गते १७:२६

काठमाडौँ । मधेशी आयोगले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले तत्काल समस्या समाधानका लागि बहुवैकल्पिक पहल गरी पीडितको अधिकारलाई संरक्षण गर्न आग्रह गरेको हो ।

‘राज्‍यले तत्कालै समस्या सामाधानका लागि बहुवैकल्पिक पहल गरी पीडितहरूको अधिकारलाई राज्‍यले संरक्षण गरोस् र तिनीहरुको बोल्न पाउने लोकतान्त्रिक अधिकारलाई समेत सम्मान गरोस् भनी आयोग अपील गर्दछ,’ आयोगका सचिव रुद्रप्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मिटरब्याजका कारण मधेशका जिल्लाबाट पैदल हिँडेर काठमाडौँ आइपुगेको छ ।

प्रतिक्रिया