शुक्रबार, चैत १६, २०८०

गोठमा आगलागी हुँदा २० बाख्रा जले

मेरोन्यूज २०७९ चैत १० गते १९:२६

काठमाडौँ । घ्याङलेख गाउँपालिका १ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्ण रुपमा नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालका अनुसार आगलागीबाट मानबहादुरका गोठमा रहेका १० बाख्रा, पाँच खसी र पाँच वटा पाठापाठी गरी जम्मा २० वटा जलेर मरेका छन् ।

गए राति ११ बजेको समयमा गोठमा आगलागी भएको र आगलागीबाट दुई लाख ५० हजार बराबरको क्षति भएको उनले जानकारी दिए ।

मानबहादुर लो आगोको राँको बाली गोठमा गएको र घर फर्कने क्रममा राँकोको झिल्कोबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

Advertisement

प्रतिक्रिया