गण्डकी प्रदेशमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा
मेरोन्यूज
२०७९ चैत १० गते १७:५३
काठमाडौँ । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
शुक्रबार साँझ माओवादी केन्द्रका मन्त्रीहरू हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाएका हुन् ।
आजै माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया