शुक्रबार, वैशाख १४, २०८१

उपनिर्वाचनमा तीन वटै क्षेत्रबाट उम्मेदवारी दिने रास्वपाको निर्णय

मेरोन्यूज २०७९ चैत १० गते १६:५८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन २, तनहुँ १ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले उपनिर्वाचन हुने तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ ।

जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक रहेका छन् ।

प्रतिक्रिया