शनिबार, वैशाख १५, २०८१

प्रहरी महानिरीक्षक नियुक्त गर्न मन्त्रिपरिषद् बैठक जारी

मेरोन्यूज २०७९ चैत १० गते १६:३३

काठमाडौ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकले नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) नियुक्त गर्नेछ ।

आईजीपीका लागि ५ जना एआइजीहरु प्रतिस्पर्धामा छन् । वसन्त कुँवर, श्यामलाल ज्ञवाली, टेकप्रसाद राई, दीपक थापा, र किरण बज्राचार्यमध्य एक नयाँ आइजीपी हुनेछन् ।

प्रतिनिधि सभाको सबैभनदा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर बसन्त कुँवरलाई आईजपिी बनाउन सुझाव दिएका छन् ।

गृह मन्त्रालयले कुँवरको फाइल उठाएर मन्त्रिपरिषद्को कार्यालयमा पठाएको स्रोतले बतायो ।

प्रतिक्रिया