शनिबार, वैशाख ८, २०८१

दलितको नाममा आरक्षण दिँदासम्म उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम

मेरोन्यूज २०७९ चैत १० गते १६:०६

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उत्पीडन अन्त्य नहुने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिनु नहुने बताएका हुन् ।

उनले जातका आधारमा आरक्षण दिएकाले दलित समुदायमाथि भएको उत्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको बताए । उनले दलित भनेर प्रतिनिधित्व पनि गराउनु नहुने बताएका थिए ।

‘नेपालमा उत्पीडन समाप्त गर्न लागेको छ, तर आजसम्म पनि छैन, यो के भो यस्तो किसिमको भन्दा आरक्षण व्यवस्था रहँदासम्म समाप्त हुँदैन, आफूले आफैँलाई उत्पीडित भनेर जनप्रतिनिधित्व हुन्छ, म दलित समुदायबाट प्रतिनिधित्व गरेको हुँ भनेपछि अब त्यो समुदाय चाहिँ दलित भइरहनु प¥यो,’ उनले भने ।

उनले उमेरको आधारमा पनि कसैलाई विभेद गर्नु नहुने भन्दै मान्छेले मान्छेलाई गर्ने सबै प्रकारको विभेदहरू अन्त्य गर्नु पर्ने बताए ।

प्रतिक्रिया