बिहीबार, वैशाख १३, २०८१

लोकसभाबाट राहुल गान्धी अयोग्य घोषित

मेरोन्यूज २०७९ चैत १० गते १५:१२

काठमाडौँ । चार वर्षअघि प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अभिव्यक्ति दिएको मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको एक दिनपछि कांग्रेस नेता राहुल गान्धी शुक्रबार लोकसभाबाट अयोग्य घोषित भएका छन् ।

केरलाको वायनाड लोकसभा सीटका सांसद राहुललाई सजायको दिन अर्थात मार्च २३, २०२३ देखि अयोग्य घोषित गरिएको हो । यस्तो भारतीय संविधानको अनुच्छेद १०२(१) र जनप्रतिनिधित्व अधिनियम, १०५१ अन्तर्गत गरिएको छ ।

यसअघि अदालतले गान्धीमाथि १५ हजार भारुको जरिवाना पनि लगायो । साथै सजायलाई ३० दिनका लागि स्थगित पनि गरिएको थियो ।

अदालतको निर्णयसँगै राहुलको लोकसभाको सदस्यतामाथि प्रश्न उठेको थियो ।

प्रतिक्रिया