बिहीबार, वैशाख ६, २०८१

नेकपा ब्युँताउने प्रचण्डलाई माधव नेपालको प्रस्ताव

मेरोन्यूज २०७९ चैत १० गते १४:०८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन् ।

०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने अध्यक्ष नेपालले प्रस्ताव गरेका हुन् । 

सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि एमाले र माओवादी केन्द्र अस्तित्वमा आएको थियो । आन्तरिक विवादले एमालेबाट विभाजन भई नेपालले एकीकृत समाजवादी दल बनाएका छन् ।

तर, अहिले अध्यक्ष नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव प्रचण्डसमक्ष गरेका हुन् । शुक्रबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा अध्यक्ष नेपालले नेकपा ब्युँताउने प्रस्ताव आफूले प्रचण्डसमक्ष गरेको जानकारी दिएका हुन् । 

शुक्रबार बिहान भएको कुराकानीमा आफूले प्रचण्डसँग नेकपालाई रिभाइभ गर्न प्रस्ताव गरेको अध्यक्ष नेपालको भनाइ थियो ।

प्रतिक्रिया