मंगलबार, वैशाख ११, २०८१

Xiaomi 13 Pro प्रि-बुकिङको लागि उपलब्ध

मेरोन्यूज २०७९ चैत १० गते १२:४७

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन, Xiaomi 13 Pro को प्रि–बुकिङ सुरु गरेको छ । बन्डल अफरको रूपमा शाओमी नेपालले Xiaomi 13 Pro सँगै Xiaomi 50W वायरलेस चार्जिङ स्ट्यान्ड पनि प्रदान गरिरहेको छ ।

प्रि-बुकिङ ९ चैत्र देखि २० चैत्र २०७९ सम्म खुल्ला हुनेछ ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “हाम्रो यो सफलता हाम्रा शाओमी फ्यानहरूकै मायाको परिणाम हो । उहाँहरूको समर्थनले नै शाओमी यो उचाइमा पुग्न सफल भएको छ । हामीले यो अफर हाम्रो शाओमी फ्यानहरूलाई धन्यवाद दिन र हाम्रो उत्पादनहरुलाई अझ माया गरिदिनु हुन एउटा प्रोत्साहन हो ।’


Leica क्यामेरासंग को–इन्जिनियर गरिएको Xiaomi 13 Pro ले प्रो-ग्रेड लेन्सको साथ मास्टर–लेभल फोटोग्राफी प्रदान गर्दछ । नवीनतम Snapdragon® 8 Gen 2, प्रिमियम फ्ल्यागशिप प्रदर्शनको साथ डिजाइन र बेस्ट-इन-क्लास डिस्प्ले समावेश भएको 120W हाइपर चार्ज र ४,८२० mAh ब्याट्री संग सुसज्जित यो स्मार्टफोन मात्र १९ मिनेटमा १००% ब्याट्री चार्जिङ समर्थन गर्दछ ।


शाओमी नेपालले खरिद गरिएको मितिदेखि ग्राहकहरुलाई २४ महिनासम्म सेवा शुल्क छुट गरेको छ । शाओमीका फ्यानहरूले नबिल बैंकमार्फत ०% ईएमआईमा यो अफर लिन सक्नुहुनेछ । Xiaomi 13 Pro, 12+256 GB भेरियन्टमा सेरामिक ह्वाईत र सेरामिक ब्ल्याक गरि दुई भिन्न रङहरू उपलब्ध हुनेछ । मात्र रु. ५००० मा प्रि–बुक गर्न सकिने Xiaomi 13 Pro प्रि अर्डर गर्दा Xiaomi 50W वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क पाउन सक्नुहुन्छ । Xiaomi 13 Pro को मूल्य रु १,२९,९९९ रहेको छ र सर्बत्र उपलभ्ध छ ।

प्रतिक्रिया