मंगलबार, वैशाख ११, २०८१

रहिनन् वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकार

मेरोन्यूज २०७९ चैत १० गते ८:४५

काठमाडौं । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । केही दिन यता निमोनियाको उपचारका लागि न्युरो अस्पतालमा भर्ना भएकी ८६ वर्षीया ताम्राकारको उपचारका क्रममा बिहिबार राति निधन भएको हो ।

रेडियो नेपालबाट सञ्चार जगतमा प्रवेश गरेकी ताम्राकार लोकप्रिय समाचारबाचक थिइन् । पछिल्लो समय उनी ईमेज एफएम ९७.९ मा उज्यालो नामको कार्यक्रम सञ्चालन सञ्चालन गरिरहेकी थिइन् ।

विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय थिइन् ।

प्रतिक्रिया