मंगलबार, वैशाख ११, २०८१

रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी

मेरोन्यूज २०७९ चैत १० गते ७:२९

काठमाडौं । रोनाल्डोको दुई गोलमा पोर्चुगलले युरो २०२४ को छनोटको पहिलो खेलमा लिचेस्टाइनलाई ४–० ले पराजित गरेको छ । यसै खेलका त्रममा रोनाल्डोले आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको र गोलको कीर्तिमान बनाएका छन् ।

पोर्चुगलका लागि ३८ वर्षीय रोनाल्डोले १२० गोल गरेका छन् ।

युरो छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा रोनाल्डोले पहिलो गोल ५१औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । यस्तै ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए ।

प्रतिक्रिया