शनिबार, वैशाख ८, २०८१

केलियन एम्बाप्पेको कप्तानीमा पुग्यो फ्रान्सेली फुटबल

मेरोन्यूज २०७९ चैत ९ गते १५:१०

काठमाडौँ । फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पराजय भोगेको तीन महिनापछि फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।

राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो ।

दोहा विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा भएको पराजय मात्र होइन मैदान बाहिरका घोटालाले पनि फ्रान्सेली फुटबल उथलपुथल भएको छ ।

सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाएपछि उनको स्थान जिनेदिन जिदानले सम्हाल्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया