मंगलबार, वैशाख ११, २०८१

भारतविरुद्धको एकदिवसीय श्रृङ्खला अस्ट्रेलियाले जित्यो

मेरोन्यूज २०७९ चैत ९ गते ७:४९

काठमाडौं । भारतविरुद्ध भारतमै अस्ट्रेलियाले एक दिवसीय श्रृङ्खलामा कब्जा जमाएको छ । ३ खेलको एक दिवसीय अस्ट्रेलियाले २–१ ले जितेको हो ।

शृङ्खलाको अन्तिम खेलमा बुधबार भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृङ्खला २–१ ले जितेको हो ।

वाङ्खडे स्टेडियममा पाँच विकेटले पराजित हुँदै शृङ्खलाको सुरुआत गरेको अस्ट्रेलियन टिमले त्यसपछिका दुई खेल जित्यो । आइतबार भिसाकापट्नममा भारतविरुद्ध १० विकेट जित निकाल्यो ।

बिहीबार चेन्नईमा भएको निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा भारतविरुद्ध २१ जनले जित निकालेको हो । भारतविरुद्धको शृङ्खला जितेसँगै अष्ट्रेलिया एकदिवसीय वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।

टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले ४९ ओभरको समाप्तिमा सबै विकेट गुमाएर दुई सय ६९ रन बनाएको थियो । दुई सय ७० रनको योगफल पछ्याएको भारत ४९.१ ओभरमा २ सय ४८ रन बनाएर अलआउट भयो ।

भारतका लागि कप्तान रोहित शर्मा र सुबनम गिलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । पूर्वकप्तान विराट कोहलीले ७२ बलमा दुई चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए ।

त्यसबाहेक हार्दिक पाण्डेयाले ४० बलमा ४०, कप्तान रोहित शर्माले ३० र सुबनमले ३७ तथा केएल राहुलले ३२ रन बनाए ।

अस्ट्रेलियाका आडम जाम्पाले सर्वाधिक चार विकेट लिए । उनले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिँए । अस्टोन एगर दुई तथा मार्कस स्टोइनिस र सिन एबोटले एक–एक विकेट लिए ।

अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४७, विकेटरकिपर–ब्याटर एलेक्स क्यारेले ३८, हेडले ३३ तथा मार्नुस लाबुस्चेनले २८ रन बनाए ।

भारतका लागि कुलदीप यादवले तीन विकेट लिए । हार्दिक पाण्ड्याले तीन तथा मोहम्मद सिराज र अक्षर पटेलले दुई–दुई विकेट लिए।

प्रतिक्रिया