बुधबार, वैशाख १२, २०८१

प्रधानमन्त्री थ्री नेशन्स कपः लाओसमाथि नेपाल २-० गोलले विजयी

मेरोन्यूज २०७९ चैत ८ गते १९:५४

काठमाडौँ । घरेलु मैदानमा सम्पन्न खेलमा नेपाल लाओसविरुद्ध २-० गोलले विजयी भएको छ । प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा नेपालले लाओसविरुद्ध विजयी हात पारेको हो ।

खेलको ३१ औँ मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता बनाएका थिए । नवीन लामाको कर्नरमा तामाङले गोल लाइनबाट हेडरमार्फत गोल गरेका हुन् ।

यस्तै, खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ४० यार्डबाट भली गोल गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए । यो गोल उनका लागि घरेलु मैदानमा पहिलो र राष्ट्रिय टोलीमा आठौँ गोल गरेका हुन् ।

प्रतिक्रिया