बिहीबार, वैशाख १३, २०८१

लाओसविरुद्ध नेपालले बनायो दोब्बर अग्रता

मेरोन्यूज २०७९ चैत ८ गते १९:२४

काठमाडौँ । नेपालले लाओसविरुद्धको खेलमा आफ्नो अग्रता दोब्बर बनाएको छ । घरेलु मैदानमा जारी प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा नेपालले लाओसविरुद्ध अग्रता दोब्बर बनाएको हो ।

दशरथ रगंशालामा खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ४० यार्डबाट भली गोल गोल गर्दै नेपाललाई अग्रता दोब्बर बनाएको हो । योसँगै नवयुगले घरेलु मैदानमा पहिलो र राष्ट्रिय टोलीमा आठौँ गोल गरेका छन् ।

त्यसअघि खेलको २९ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

प्रतिक्रिया