शुक्रबार, वैशाख ७, २०८१

नवनियुक्त एआईजीहरूलाई अब्बल भूमिका निभाउन प्रधानमन्त्रीको निर्देशन

मेरोन्यूज २०७९ चैत ८ गते १८:२७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले पाँच जना नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआईजी)लाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई आफ्नै कार्यकक्षमा बोलाएर शुभकामना दिएका हुन् ।

प्रधानमनत्रीले एआईजीहरू बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

यस क्रममा प्रधानमन्त्रीले उनीहरूलाई आगामी कार्यकालमा अझै जनमुखी सेवा प्रवाह र शान्ति सुरक्षामा अब्बल भूमिका निभाउन निर्देशन दिए ।

प्रतिक्रिया