बिहीबार, वैशाख १३, २०८१

चरेससहित भारतबाट दुई नेपाली पक्राउ

मेरोन्यूज २०७९ चैत ८ गते १८:१४

काठमाडौँ । चरेससहित भारतमा दुई नेपाली पक्राउ परेका छन् । उत्तरा खण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धारचुला तहसिल नयाँबस्तीबाट महाकाली नगरपालिका ६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका १ पिपौलचौरीका २६ वर्षीय रवि कुवँरलाई पक्राउ गरेको हो ।

तीन किलो ६८० ग्राम चरेशसहित उनीहरूलाई सोमबार बेलुकी ७ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध लागू औषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ । 

बरामद गरिएको चरेश दार्चुला नाकाबाटै भारत लगिएको आशंका गरिएको छ । भारतको धारचुला क्षेत्रमा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि खलङ्गास्थित सीमा नाकाको चेकमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया