सेयर बजार १५ अंकले ओरालो
मेरोन्यूज
२०७९ चैत ८ गते १५:२७
काठमाडौँ । सेयर बजार बुधबार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९ बिन्दुमा आएर रोकिएको छ ।
कूल २६६ कम्पनीका ३७ लाख ७७ हजार ४०० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ ।
बुधबार सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।
सम्बन्धित
प्रतिक्रिया