शुक्रबार, चैत १६, २०८०

धरापमा कोशी प्रदेशको सरकार गठन, मध्यावधि चुनावमा जानलाई रोक्न आग्रह

मेरोन्यूज २०७९ चैत ८ गते १५:१६

काठमाडौँ । कोशी प्रदेशलाई मध्यावधिमा जान प्रदेश नेताहरूले शीर्ष नेताहरूसँग छलफल गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सत्ता गठबन्धन दलहरूका शीर्ष नेताहरूसँग भेट गरी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् । भेटमा उनले कोशी प्रदेशलाई मध्यावधि चुनावमा जान रोक्न आग्रह गरेका थिए ।

कोशी प्रदेशमा कूल ९३ सदस्य सांसद रहेका छन् । सरकार गठन गर्न ४७ सदस्य आवश्यक पर्छ । तर, प्रदेशमा तत्काल रहेको दुई गठबन्धनमा ४६–४६ सदस्य सदस्य रहेका छन् भने एक जना सभामुख बनेका छन् । तर, सभामुखले सदनमा निर्णयक मत दिन पाउने भए पनि सरकार गठन प्रकृयामा सहभागी हुन पाउँदैनन् ।

यस्तो अवस्थमा सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी गर्ने, राप्रपालाई सत्ता गठबन्धनमा ल्याउने वा एमालेसहित गठबन्धन दल आलोपालो नेतृत्व गरेर अगाडि बढ्नेलगायत विकल्प छन् । तर, सभामुखलाई राजीनामा गराउने विषयमा माओवादी केन्द्र तयार भएको छैन ।

अहिले प्रदेशमा एमाले र माओवादी गठबन्धनको सरकार रहेको छ । सरकारको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की रहेका छन् ।

Advertisement

केन्द्र सरकारमा बनेको नयाँ समीकरणअनुसार यो सरकार हट्न माअ‍ोवादीले मुख्यमन्त्री काकीलाई दिएको समर्थन फिर्ता लिनु पर्छ । त्यो अवस्थमा मुख्यमन्त्री कार्कीले एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिन जानु पर्छ ।

उनले विश्वासको मत लिन नसके उनको सरकार ढल्न पुग्छ । र, नयाँ सरकार गठनको अर्को प्रक्रिया सुरु हुन्छ ।

त्यस्तो बेला माअ‍ोवादीले भने आफ्नो सभामुखसहितको संख्या सरकार गठनमा गणना हुने र विश्वासको मत लिन जाँदा बराबरी भएमा सभामुखले मतदानमा भाग लिन पाउने भएकाले सभामुखले राजीनामा दिएर संख्या पुर्याउने कुरालाई मान्न सकिने जनाएको छ ।

प्रतिक्रिया