उपनिर्वाचनबारे छलफल गर्न लोसपाले बोलायो बैठक
मेरोन्यूज
२०७९ चैत ८ गते १५:१५

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले शीर्ष नेताहरुको बैठक बोलाएको छ ।
वैशाख १० गते हुने उपनिर्वाचन र सरकारमा सहभागी लगायतका विषयमा छलफल गर्न लोसपाले बैठक बोलाएको हो ।
बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बारा २ मा लोसपाले नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारीमा छ । तर, सत्ता गठबन्धनको साझा उम्मेदवार बनाइने सहमति भए लोसपाले उम्मेदवारी नदिने स्रोतले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया