आइतबार, जेठ २८, २०८०

वान एक्स बेटका ६ जना मास्टर म्यानेजर पक्राउ, ६४ करोड साइप्रस पुर्‍याएको खुलासा

मेरोन्यूज २०७९ चैत ८ गते १४:३७

काठमाडौँ । अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजर पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी, वरुण कुमार सिंह, बासुदेव पाण्डे र शिवानी तामाङ रहेका छन् । नेपालमा प्रतिबन्ध रहेको बेटिङमा लगानी गरिएको ६४ करोड रुपैयाँ यो समूहले साइप्रस पुर्‍याएको समेत खुलासा भएको छ ।

वान एक्स बेटमा, खेलाडी (बेटिङ गर्ने व्यक्ति), वालेटमा पैसा लोड गरिदिने व्यक्ति म्यानेजर र म्यानेजरहरूबाट रकम लिने मास्टर म्यानेजरलगायतका व्यक्तिहरू संलग्न हुन्छन् ।

युवाहरूलाई कुलत र गलत क्रियाकलापबाट बचाउन अपराध अनुसन्धान कार्यालयले सुरु गरेको ‘सेभ द युथ’ अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मोबाइल वालेटमा भएको अस्वाभाविक कारोबारका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् । उनीहरूमध्ये एकै जनाको साथबाट दुई सय वटासम्म सिमकार्ड रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया