शनिबार, वैशाख १५, २०८१

राष्ट्रियसभामा संकल्प प्रस्तावमाथि छलफल सुरु

मेरोन्यूज २०७९ चैत ८ गते १४:२७
फाइल फोटो

काठमाडौँ । राष्ट्रियसभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल शुरु भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकमा संकल्प प्रस्तावमाथि अहिले छलफल जारी छ ।

सांसद भुवनबहादुर सुनार प्रस्तावक रहेको संकल्प प्रस्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोप्ीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर पार्की, राधेश्याम पाशवान, जगप्रसाद शर्मा, जितेन्द्रनारायण देव, प्रमिला कुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, सवमला घिमिरे, मयााप्रसाद शर्मा, गंगाकुमार बेलवासे रहेका छन् ।

संकल्प प्रस्तावमा १९ विषयमा सरकारलाई निर्देशन दिन माग गरिएको छ । संकल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया