शुक्रबार, वैशाख १४, २०८१

गठबन्धनमा मन्त्रालय बाँडफाँटमा यसरी चल्दैछ छलफल

गृह र अर्थ पहिलो चरणमा, त्यसपछि मात्रै अन्य मन्त्रीहरुको शपथ तयारी

मेरोन्यूज २०७९ चैत ८ गते १४:२२

काठमाडौं । संसद्बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । मन्त्रीपरिषद् विस्तारको तयारीकै क्रममा प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान कांग्रेस उपसभापति पूर्णवहादुर खड्का र साँझ कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेका छन् ।

आजै उनले साँझ ४ बजेपछि सत्ता गठबन्धन दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाएका छन् । बैठकमा सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने गरी छलफल अगाडी बढाउन चाहेका छन् । यसको पारम्भिक प्रस्ताव प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरुको बैठकमा यस अगाडी नै राखिसकेका छन् ।

सरकारलाई विश्वासको मत दिएर सत्ता पक्षको कुर्सीमै बसिरहेको राष्ट्रिय स्वतन्त्र पाटीलाई बैशाख १० को उपचुनावपछि मात्रै सरकारमा सहभागी गराउने गरी कांग्रेस र माओवादीका शीर्ष नेताहरुले आन्तरिक छलफल गरिरहेका छन् । रास्वपाले पनि सरकारमा जाने तर उपचुनावपछि मात्रै जानेकी भन्नेमा प्रधानमन्त्री र कांग्रेस सभापतिसँग छलफल गरेको आधारमा उनीहरुका लागि मन्त्रालय छुट्टाएर राख्ने या अहिले कांग्रेस र माओवादीका नेताहरुले जिम्मेवारी लिएर पछि छोडने गरी जाने भन्नेमा पनि प्रधानमन्त्री र देउवाका बीचमा छलफल चलेको स्रोतको भनाई छ ।

रास्वपाले बैशाख १० को उपचुनाव लगत्तै सरकारमा जाने प्रधानमन्त्री प्रचण्ड तथा कांग्रेस सभापति शेरवहादुर देउवासँग बताउँदै आएको छ । ‘हामी सरकारमा सहभागी भएर जान्छौं, तर उपचुनाव अघि की पछि भन्ने मात्रैमा हाम्रो छलफल चलिरहेको छ,’ रास्वपाका एक नेताले मेरोन्यूजसँग भने,–‘सम्भवतः उपचुनावपछि मात्रै हामी सरकारमा सहभागि हुन्छौं होला ।’

गठबन्धन दलका बीचमा भएको अनौपचारिक छलफलका क्रममा प्रधनमन्त्री बजेट निर्माणमा लाग्नुपर्ने अर्थ मन्त्रालय र शान्ति सुरक्षाको जिम्मेवारी पाएको गृह मन्त्रालयमा भने पहिलो चरणमा भएपनि मन्त्रीको नाम टुंगो लगाएर शपथ गराउने र अन्य मन्त्रीहरुको लगत्तै टुंगो लगाउने गरी जान सकिनेमा पनि प्रधानमन्त्री र देउवाका बीचमा छलफल भएको छ । यो विषयमा सहमति बनेमा भोलि बिहानसम्म गृह र अर्थमन्त्रीको शपथ भने गरेर जाने तयारीमा प्रधानमन्त्री छन् । त्यसो भएमा अन्य मन्त्रीको शपथ भने चैत १२ भित्र गराउने गरी छलफल अगाडी बढ्न सक्ने नेताहरुकोभ नाई छ ।

‘गठबन्धन दलका बीचमा पहिले मन्त्रालयको संख्या, त्यसपछि मन्त्रालयको बाँडफााड टुग्गो लाग्नु परयो । त्यसपछि आफुले पाएको मन्त्रालय र संख्यामा रहेर सम्वन्धित गठबन्धन दलहरुले पार्टीभित्र छलफल गरेर मन्त्रीको नाम टुंग्गो लगाउनु पर्ने हुन्छ । यसो हुँदा चैत १२ भित्र सबै टुग्गो लगाउने गरी छलफल अगाडी बढेको छ,’ माओवादीका एक पदाधिकारीले बताए ।

त्यसो हुँदा गृह र अर्थ मन्त्रीको शपथ भने भोलि बिहानसम्म हुनसक्ने ती नेताले बताए । उनका अनुसार आजको गठबनधन दलको बैठकमा सम्वन्धित दलले मन्त्रालय संख्या र मन्त्रालय दावी गर्न सक्ने सम्भावना रहन्छ । गृहमा माओवादी र अर्थमा कांग्रेसले लिने गरी समझदारी देउवा र प्रधानमन्त्रीका बीचमा भएको स्रोत बताउँछ । त्यसो हुादा अर्थमा पूर्णवहादुर खड्का र गृहमा शक्ति बस्नेत मन्त्रीका रुपमा आउनसक्ने सम्भावना अधिक रहेको नेताहरुको भनाई छ ।

गृह माओवादीले लिँदा अर्थ र परराष्ट्र प्रधानमन्त्रीले कांग्रेसलाई दिन चाहेका छन् । परराष्ट्रमा भने देउवा पत्नी डा आरजु राणा देउवा मन्त्री बन्ने सम्भावना अधिक रहेको कांग्रेसका नेताहरुको भनाई छ ।

दलहरुका बीचमा खासगरी कांग्रेसले ७र८, माओवादीले ४र५, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २–२, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १–१ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह ९आम जनता पार्टी० र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने गरी प्रारम्भिक छलफल छ ।


लोसपाले शरदसिंह भण्डारीलाई मन्त्रीका रुपमा अगाडी सार्ने सम्भावना छ । उनले उर्जा मन्त्रालयमा आँखा लगाईरहेका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले गृहमा दावी गरेपनि नेता विशेषले त्यसमा दावी गरेको र पार्टीले भने प्रधानमन्त्रीसँग अन्य मन्त्रालयमा पन िछलफल गरिरहेको स्रोतको भनाई छ ।

एकीकृत समाजवादीलाई राप्रपाले सम्हालेका दुई मन्त्रालय दिने तयारीमा प्रधानमन्त्री देखिएका छन् । एकीकृत समाजवादीलाई प्रधानमन्त्रीले शहरी विकास मन्त्रालय, उर्जा र कानुन मन्त्रालयबाट रोजेर दिने तयारी छ । यी तीन वटा मन्त्रालय राप्रपाले यस अगाडी सम्हालेका थिए । दुई मन्त्रालय दिँदा कानुन छोडेर उर्जा र शहरीमा एकीकृत समाजवादीको आखाँ छ । तर उर्जा नदिएमा कृर्षि या उधोग मन्त्रालयमा पनि एकीकृत समाजवादीले भित्री दावी गरेको छ ।

तर उसले सम्वैधानिक पदमा अन्य दलहरुका बीचमा भागवन्डा भईसकेकोले गृह मन्त्रालय आफुले पाउनुपर्ने दावी गरेको छ । तर गृह माओवादीले अहिले आफैले राखेर एकीकृत समाजवादीलाई राप्रपाले सम्हालेका मन्त्रालयतिरै बाट छानेर लिन आग्रह गरिरहेको छ ।

गृह पाउँदा माओवादीले शक्ति बस्नेतलाई अगाडी सार्ने सम्भावना रहेको माओवादी स्रोतले बताएको छ । एकीक्ृत समाजवादीले वेदुराम भुसाल र प्रकाश ज्वालालाई पहिलो चरणमा प्रच्ण्ड नेतृत्वको सरकारका मन्त्रीका रुपमा पठाउन चाहेको छ । भुसाललाई पार्टी महामन्त्रीबाट झिकेर उपाध्यक्ष बनाइएको र राष्ट्रिय सभाकोृ अध्यक्ष पदका लागि तयारी अवस्थामा नराख्दा सम्म अहिले मन्त्री दिएर जाने तयारीमा माधव नेपाल देखिएका छन् ।

मन्त्री बन्न लविङ गरिरहेका प्रेम आले, किसन श्रेष्ठ लगायतका नेतालाई भने आलोपालो सरकारको नेतृत्व् हुँदा अर्काे चरणमा मन्त्री बनाउने तयारीमा नेपाल रहेको स्रोत बताउँछ ।

जनमतबाट भने अब्दुल खाँ खानेपानी मन्त्री छन् । लोसपामा शरद सिंह भण्डारी मन्त्री बनेमा नागकिर उन्मुक्तिमा अध्यक्ष रन्ज्तिा श्रेष्ठ या अन्य कुनै नेतालाई मन्त्री बनाउने उसको निर्णयमा भर पर्छ । तर उसले सरकारमा सहभागी हुनु अगाडी सस्थापक रेशम चौधरीको रिहाईलाई बटमलाइन बनाई नै रहेको छ ।

माओवादीबाट अहिले सरकारमा रहेका मन्त्रीहरुलाई भने अहिले यथाबत राख्ने तयारीमै प्रधानमन्त्री छन् ।

प्रतिक्रिया