मंगलबार, वैशाख ४, २०८१

प्रहरीले नागरिकको मुख थुनेको विषयमा सरकारको जवाफ माग

मेरोन्यूज २०७९ चैत ८ गते १३:४१

काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारको जवाफ मागेकी छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा उनले मंगलबार सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको तस्वीरबारे चासो राख्दद्यै सरकारको जवाफ मागेकी हुन् ।

‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरुले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको, घाँटी न्याकिरहेको, लछारपछार पारिरहेको तस्वीरहरु जताततै देख्न पाइएको छ, यो किन भएको हो, ती युवाले के बोल्न खोजिरहेका थिए र प्रहरीले ज्यादती गरेको हो ?’ पौड्यालले राष्ट्रिय सभा बैठकमा प्रश्न गरिन् ।

संविधानले नागरिकलाई स्वतन्त्रतापूर्वक विचार राख्ने पाउने र बोल्न पाउने अधिकार दिएको उनले बताइन् ।

प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गर्दै गृह मन्त्रालयले यसो गर्ने प्रहरीलाई कारबाही गरेको छ कि छैन भनेर सरकारको जवाफ मागेकी हुन् ।

प्रतिक्रिया