बिहीबार, वैशाख १३, २०८१

जघन्य अपराधलाई उन्मुक्ति दिने विधेयक रोकिनुपर्छ : कमल थापा

मेरोन्यूज २०७९ चैत ८ गते १०:३३

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले गैर न्यायिक हत्या र जघन्य अपराधलाई उन्मुक्ति दिने गरी ल्याउन लागिएको विधेयक रोकिनु पर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष थापाले यो विधेयक संसद्बाट पारित भए पारित गर्न सघाउने सबै अपराधीका मतियार ठहरिने बताएका छन् ।

‘गैर न्यायिक हत्या,जघन्य अपराधलाई उन्मुक्ति दिने गरी ल्याउन लागिएको विधेयक रोकिनुपर्छ,’ थापाले लेखेका छन्, ‘यो विधेयक पारित गर्न सघाउने सबै अपराधीका मतियार ठहरिने छन् ।’

थापाले अयोग्य लडाकुको नाममा पार्टी कार्यकर्तालाई राज्यकोषबाट पौसा बाड्नु भ्रष्टाचार र ब्रम्हलुट भएको बताएका छन् । ‘अयोग्य लडाकुको नाममा पार्टी कार्यकर्तालाई राज्यकोषबाट पैसा बाड्नु भ्रष्टाचार हो,ब्रम्हलुट हो,’ थापाले लेखेका छन् ।

थापाले कांग्रेसलाई यसै विषयमा प्रश्न गर्दै लेखेका छन्, ‘सत्ता साझेदार कांग्रेस के हेरिरहेको छ ।’

व्यवस्थापिका संसद्मा दर्ता भइ प्रतिनिधि सभामा टेबल भएको सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकबारे प्रतिक्रिया दिँदै थापाले यस्तो लेखेका हुन् ।

प्रतिक्रिया