बिहीबार, चैत १५, २०८०

अफगानिस्तानको जुर्ममा भूकम्प जाँदा ११ जनाको मृत्यु

मेरोन्यूज २०७९ चैत ८ गते ८:०५

काठमाडौँ गयराति अफगानिस्तानको जुर्म भन्ने स्थानमा गएको भूकम्पमा परि कम्तिमा ११ जनाको मृत्यु भएको छ । सय बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) ले राति १० बजेर १७ मिनेटमा गएको भूकम्प ६.५ म्याग्निच्युडको रहेको बताएको छ । जुर्म भन्ने स्थान अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दूरीमा पर्छ ।

भूकम्पबाट अफगानिस्तानको उत्तरपूर्वी प्रान्त लाघमानमा दुई जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले पुष्टि गरेको समाचार माध्यमहरूले जनाएका छन् । पाकिस्तानको उत्तरी क्षेत्रमा पर्ने खैबर पख्तुनख्वा प्रान्तमा दुई जना बालबालिकासहित कम्तिमा नौ जनाको मृत्यु भएको पनि समाचारहरूमा जनाइएको छ ।

भुइँचालोको कम्पनका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएका छन्।

पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भूक्म्पको ठूलो कम्पन महसुस गरिएको थियो। भारतको राजधानी दिल्ली र उत्तरी भारतका अधिकांश हिस्सामा पनि कम्पन महसुस गरिएको थियो।

Advertisement

यो भूकम्पको तरंग जमिनको सतहभन्दा २१२ किलोमिटर मुनिबाट सुरू भएको थियो।

प्रतिक्रिया