बुधबार, असार ५, २०८१

उपनिर्वाचनका लागि आजबाट दल दर्ता सुरु गरिने

मेरोन्यूज २०७९ चैत ८ गते ७:०२

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ ।

Advertisement

बैशाख १० गते हुने उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि १२ गतेसम्म पाँच दिनसम्म दल दर्ता गर्नुपर्ने समयसीमा निर्वाचन आयोगले तोकेको थियो । त्यही समयसीमा अनुरुप आजबाट दल दर्ता सुरु गर्न लागिएको हो ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पद बदर गरेपछि चितवन–२ रिक्त भएको थियो ।

तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ रिक्त भएको थियो ।  

तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि त्यो क्षेत्र रिक्त भएको छ । यी तीन स्थानमा नयाँ सांसद चय गर्नका लागि बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया