शनिबार, वैशाख १५, २०८१

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भोलि स्ववियुको मतदान

मेरोन्यूज २०७९ चैत ७ गते २१:०९

काठमाडौँ । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चैत ८ गते बुधबार हुने स्ववियु निर्वाचनको तयारी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनका लागि तीन वटा मतदान स्थल बनाइएको छ ।

मत पत्र छपाईदेखि अन्य सुरक्षाको तयारीसमेत पूरा भएको समितिले जनाएको छ । मुख्य तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्न सकिने छ ।

क्याम्पसमा झण्डै ११ सय ७२ मतदाता रहेका छन् । निर्वाचनमा सभापतिका लागि पाँच जना चुनावी मैदानमा होमिएका छन् । 

नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनेको छ भने अनेरास्ववियु एकल प्यानलसहित चुनावमा जाने भएको छ । यस्तै, २ जनाले स्वतन्त्र टिमसहित उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया