शुक्रबार, वैशाख १४, २०८१

जंगली जनावरको सुकुटी मासुसहित एक जना पक्राउ

मेरोन्यूज २०७९ चैत ७ गते २०:१८

काठमाडौँ । दाङको देउखुरीबाट जंगली जनावरको २० किलो सुकुटीसहित आज मंगलबार एक जना पक्राउ परेका छन् ।

राजपुर गाउँपालिका ७ का ४९ वर्षीय कमानसिंह विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका विकलाई जंगली जनावरको २० किलो सुकुटीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया