शनिबार, वैशाख ८, २०८१

सञ्चार मन्त्री शर्मा भारत भ्रमणमा

मेरोन्यूज २०७९ चैत ७ गते १८:५१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मंगलबार भारत प्रस्थान गरेकी छन् ।

मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन भारत प्रस्थान गरेकी हुन् ।

मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू)को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सो कार्यक्रममा विभिन्न देशका सञ्चार मन्त्रीहरू सहभागी हुने छन् । त्यस्तै, मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरू सहभागी हुने मन्त्री स्तरीय संवादमा सहभागी हुने छन् ।

बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसँग दुई पक्षीय भेटवार्ता गर्ने र शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

मन्त्री शर्माका साथ नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकममा प्रबन्धक बिमल आचार्य भारत प्रस्थान गरेका छन् ।

प्रतिक्रिया