शुक्रबार, चैत १६, २०८०

कांग्रेसलाई कुनै गल्ती गर्ने छुट छैन : नेता कोइराला

मेरोन्यूज २०७९ चैत ७ गते १७:२५

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताएका छन् ।

मंगलबार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी कांग्रेसबाट हुनु नहुने बताए ।

‘नेपाली कांग्रेस केही दिनभित्र नै सरकारमा जाँदैछ, अब हामीलाई गल्ती गर्ने छुट छैन, उहाँहरुको जिम्मा सरकारलाई पनि प्रचण्ड जीको सरकार छ, १० वटा सत्ता गठबन्धनमा दल छन्,’ उनले भने, ‘त्यसलाई सम्हालेर अघि बढ्ने जिम्मा कांग्रेसलाई छ, यो सबै कुरा कांग्रेसको जिम्मेवारीमा, काँधमा आएको छ, यो सरकारलाई राम्रोसँग चलाएर हामी अघि बढ्नु पर्छ ।’

नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा कांग्रेस नचुकेको बताए । उनले प्रेस स्वतन्त्रताविना लोकतन्त्र चल्न नसक्ने दाबी गरे ।

Advertisement

प्रतिक्रिया