शुक्रबार, वैशाख ७, २०८१

कोशी प्रदेशका माओवादी नेता आङ्बोमाथि आक्रमणको प्रयास

मेरोन्यूज २०७९ चैत ७ गते १५:११

काठमाडौँ । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ ।

प्रदेशको नाम कोशी राखेको भन्दै प्रदर्शनमा उत्रिएको समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो । प्रहरीका अनुसार आङ्बो चडेको गाडीमा सामान्य क्षति पुगेको छ ।

प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नु पर्ने भन्दै आन्दोलन भइरहेको छ । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो ।

प्रतिक्रिया