बिहीबार, वैशाख ६, २०८१

कप्तान पौडेललाई नगदसहित सम्मान

मेरोन्यूज २०७९ चैत ७ गते १५:०१

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई सम्मान गरिएको छ । उनलाई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) अन्तर्गत बर्दघाट नगरपालिकाले सम्मान गरेको हो ।

विश्वकप लिग २ प्रतियोगितामा शान्दार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल भएसँगै उनलाई सम्मान गरिएको हो ।

बर्दघाट १४ बुद्धबस्ती निवासी कप्तान पौडेललाई मंगलबार सम्मान गरी हौसला स्वरुप ५१ हजार रुपैयाँ र प्रमाण पत्रसहित सम्मान गरिएको छ ।

प्रतिक्रिया