मंगलबार, वैशाख ११, २०८१

पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक प्रधानमन्त्रीद्दारा शिलान्यास

मेरोन्यूज २०७९ चैत ७ गते १२:३२

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा र लमजुङका लाखौं जनसंख्या लाभान्वित हुने पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको मंगलबार शिलान्यास गरेका छन् ।

पालुङटार नगरपालिकाको विमिरेमा प्रधानमन्त्रीले योजनाको शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, गण्डकी प्रदेशका सांसदद्दय सुरेन्द्र प्रसाद पाण्डे, फणिन्द्र देवकोटा लगायतका नेताहरु पनि उपस्थित थिए ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यो योजना कार्वन्यनमा बिशेष पहल गरेका थिए ।

यो योजना तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य लिएको बताइएको छ। पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साँढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैया छ।

प्रतिक्रिया