शुक्रबार, वैशाख ७, २०८१

आज पनि हावाहुरीसहित पानी पर्ने

मेरोन्यूज २०७९ चैत ७ गते ६:१८

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर पूर्ण बदली रहने, देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको छ।

देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन, चट्याङ तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

प्रतिक्रिया