बिहीबार, वैशाख १३, २०८१

आइतबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य ७ सयले घट्यो

मेरोन्यूज २०७९ चैत ६ गते ११:४८

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको भाउ सोमबार  घटेको हो ।  

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन सुन तोलाको १ लाख १० हजार रुपैया कायम भएको थियो । 

सोमबार तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ३० सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १३ सय ४५ रुपैयाँ कायम रहेको थियो । 
 

प्रतिक्रिया