शुक्रबार, चैत १६, २०८०

कृषि मन्त्रालयको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय मन्त्रिपरिषद्ले उल्ट्यायो

मेरोन्यूज २०७९ चैत ६ गते ११:४१

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय उल्ट्याएको छ ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको प्रवक्ता शर्माले बताइन्।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।

Advertisement

प्रतिक्रिया