बिहीबार, वैशाख १३, २०८१

साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै

मेरोन्यूज २०७९ चैत ६ गते ९:४७

काठमाडौा साफ यु–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सोमबारबाट बंगलादेशमा सुरु हुँदैछ । ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद् नतिजा निकाल्ने दाउमा छ ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता छ ।

प्रतिक्रिया